Logo

अर्थ

सेयर बजारमा ३१.४९ अंकको गिरावट



काठमाडौं । आज सेयर बजार दोहोरो अंकले घटेको छ । आज सेयर बजार नेप्से परिसूचक ३१.४९ अंकले घटेर २०९८.६९ को विन्दुमा कायम भएको छ ।

आज ३६ कम्पनीको मुल्य बढेको छ भने २०९ कम्पनीको मुल्य घटेको छ । आज ट्रेडिङ बाहेक सबै उपसूचक घटेका छन् ।

आज दिनभरिमा ३०७ कम्पनीको १ करोड ८० लाख ४३ हजार २४४ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३६ करोड ६० लाख ७० हजार रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७८ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भएको छ । आज यस कम्पनीको ७८ करोड ६३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

हिमालयन रिइन्स्योरेन्सः ७८ करोड ६३ लाख रुपैयाँ,ङादी ग्रुप पावरः ३१ करोड १ लाख रुपैयाँ,अपी पावरः २४ करोड २७ लाख रुपैयाँ,सन नेपाल लाइफः १६ करोड २१ लाख रुपैयाँ,एनआरएन इन्फ्रास्ट्रक्चरः १५ करोड १ लाख रुपैयाँ,सोनापुर मिनरल्सः १३ करोड ३० लाख रुपैयाँ,नेपाल पुनर्बीमा कम्पनीः १३ करोड २९ लाख रुपैयाँ,अरुण काबेली पावरः १२ करोड ५० लाख रुपैयाँ,हिमाल दोलखा हाइड्रोपावरः ११ करोड ७७ लाख रुपैयाँ,रिडी पावरः ११ करोड १४ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार १५:३४   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।