Logo

अर्थ

प्रभु बैंकले लाभांश वितरण नगर्ने



काठमाडाैं । प्रभु बैंकले गत आर्थिक वर्ष २०७९/८० को सञ्तित मुनाफाबाट लाभांश नदिने भएको छ । कम्पनीको गत माघ ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश वितरण नगर्ने प्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको हो ।

कम्पनीले अघिल्लो आवमा २०७८/०७९ को नाफाबाट लगानीकर्तालाई ८ प्रतिशत लाभांश दिएको थियो । साथै सोही बैठकले वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्तावसहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलवार १२:४१   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।