Logo

अर्थ

सेयर बजारमा सामान्य अंककाे गिरावट



काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले घटेको छ । आज सेयर बजार नेप्से परिसूचक ०.४० अंकले घटेर २,०९८.२९ अंकको विन्दुमा कायम भएको छ ।

आज दिनभरिमा ३१० कम्पनीको १ करोड १८ लाख १ हजार ३६० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २९ करोड ४५ लाख ६६ हजार रुपैयाँको सेयर कारोबार भएको छ । आज १०३ कम्पनीको सेयर मुल्य बढेको छ भने १३७ कम्पनीको सेयर मुल्य घटेको छ ।

आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ५५ करोड ९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

हिमालयन रिइन्स्योरेन्सः ५५ करोड ९ लाख रुपैयाँ, अपी पावरः १८ करोड १० लाख रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरः १३ करोड ५५ लाख रुपैयाँ, ङादी ग्रुप पावरः ११ करोड ६० लाख रुपैयाँ, सोनापुर मिनरल्सः १० करोड ६७ लाख रुपैयाँ, अरुण काबेली पावरः १० करोड ६५ लाख रुपैयाँ, माउन्टेन इनर्जीः ७ करोड ५३ लाख रुपैयाँ, एनआईसी एसिया बैंकः ६ करोड ६७ लाख रुपैयाँ, शिवम सिमेन्टः ६ करोड ५९ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीः ६ करोड २३ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलवार १५:३२   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।