Logo

खेलकुद

अस्ट्रेलिया र उज्बेकिस्तान एशियन कपको दोस्रो चरणमा



काठमाडौं- अस्ट्रेलिया र उज्बेकिस्तान जारी एशियन कपको दोस्रो चरणमा प्रवेश गरेका छन् ।

मंगलबार सम्पन्न खेलमा अस्ट्रेलिया र उज्बेकिस्तानबीचको खेल १-१ गोलको बराबरीमा सकिएसँगै समुह बी बाट पहिलो र दोस्रो हुदै नकआउट राउण्डमा पुगेका हुन् ।

यो खेलपछि अस्ट्रेलियाको ३ खेलमा ७ अंक भएको छ र भने उज्बेकिस्तानको ३ खेलमा ५ अंक रहेको छ ।

त्यस्तै आजै सम्पन्न अर्को खेलमा सिरियाले भारतलाई १-० गोल अन्तरले पराजित गरेर समुहमा ३ खेलमा ४ अंक हासिल गर्दै तेस्रो स्थान हासिल गरेको छ । साथै सिरियाको पनि नकआउट चरणमा पुग्ने सम्भावना बलियो रहेको छ ।

समूहमा तेस्रो स्थानमा रहेका शिर्ष चार देशले नकआउट चरणमा प्रवेश पाउने हुनाले समूह चरणका खेलपछि यसको टुंगो लाग्ने छ ।

त्यस्तै यस समूहमा रहेको भारतले भने आफ्ना तिनै खेलमा हार बेहोरेर समूह चरणबाटै बाहिरिएको छ ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार ०७:११   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।