Logo

अर्थ

चार दिनदेखि सुनको मूल्य स्थिर, कतिमा हुँदैछ काराेबार ?



काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन एक लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर १३८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । चाँदी हिजो तोलाको १३७० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार ११:५८   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।