Logo

अर्थ

टिसिएल इलेक्ट्रोनिक्सले सिइएस २०२४ मा प्राप्त गर्यो ४० भन्दा बढी अवार्डहरू



काठमाडौं । विश्वव्यापी उपभोक्ता इलेक्ट्रोनिक्स कम्पनी टिसिएल इलेक्ट्रोनिक्सले ‘सिइएस २०२४’ मा आफ्नो विभिन्न प्रकारका उत्पादनहरूका लागि ४० भन्दा बढी अवार्डहरूबाट सम्मानित भएको छ ।

टिसिएलको ११५-इन्च क्युएम८९१ जी क्युडी-मिनी एलइडी टिभीलाई सन् २०२३-२०२४ ग्लोबल टप ब्रान्ड्स अवार्ड समारोहमा ‘इनोभेटिभ डिस्प्ले टेक्नोलोजी गोल्ड अवार्ड अफ द इयर’को साथ नवीन डिस्प्ले टेक्नोलोजीका लागि मान्यता दिइएको छ ।

एसिया डिजिटल समूह र युरोपेली डिजिटल समूहद्वारा समर्थित यस कार्यक्रमले विश्वव्यापी उपभोक्ता इलेक्ट्रोनिक्स उद्योगमा टिसिएलको प्रख्याततालाई चिन्हित गरेको कम्पनीको भनाइ छ ।

उच्चस्तरीय टिभी, टिसिएलको स्मार्टफोन, एनएक्सटीपेपर ३.० डिस्प्ले टेक्नोलोजी सहितको ट्याब्लेट, रेनियोन एक्स२ लाइट एआर ग्लासेस र क्यू क्लास साउन्डबारको पनि समारोहमा प्रशंसा भएको थियो ।

कम्पनीले २०२३-२०२४ ग्लोबल सिई ब्रान्ड्स टप १०, २०२३-२०२४ ग्लोबल टिभी ब्रान्ड्स टप १०, र २०२३-२०२४ ग्लोबल सिई ब्रान्ड्स टप ५० को रूपमा पनि चर्चा कमाएको कम्पनीले जनाएको छ ।

सिइएस २०२४ इनोभेसन अवार्ड ‘मोबाइल डिभाइस, एसेसरिज र एप्स’ टिसिएलको ४० एनएक्सटीपेपर स्मार्टफोनलाई प्रदान गरिएको थियो ।

यसबाहेक टिसिएलले अन्तर्राष्ट्रिय मिडिया आउटलेटहरूबाट ‘बेस्ट अफ सिइएस २०२४’ अवार्डहरू प्राप्त गरेको छ । कम्पनीका अनुसार यसले नवीन प्रविधिहरू र उत्कृष्ट उत्पादनमा आफ्नो प्रतिबद्धता झल्काएको छ ।

टिसिएलको एक्स९५५ र सि७५५ टिभी शृङ्खलाको भिजुअल अनुभवको लागि टियुभी रिनल्यान्ड र सी२०२४ मा २७आर८३यू/३४आर८३क्यू प्रोफेसनल मनिटर शृङ्खलाको प्यानटोन भ्यालिडेटेड रिकग्निसनका लागि प्रमाणपत्रहरू मार्फत सम्मानित गरिएको छ ।

टिसिएल इलेक्ट्रोनिक्सको उत्पादनहरू अहिले विश्वको १६० भन्दा बढी राष्ट्रमा उपलब्ध छन् ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार १२:०७   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।