काठमाडौं । आज सेयर बजार नेप्से बढेर बन्द भएको छ । आज सेयर बजार नेप्से परिसूचक १०.३७ अंकले बढेर २०९४.४६ को विन्दुमा कायम भएको छ ।
त्यस्तै, आज दिनभरिमा ३०६ कम्पनीको १ करोड ७ लाख ५१ हजार १६४ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८३ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज १७३ कम्पनीको सेयर मुल्य बढेको छ भने ७० कम्पनीको मुल्य घटेको छ ।
आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ३३ करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
त्यस्तै, आज हिमालयन इन्स्योरेन्सकाे ३३ करोड ५३ लाख रुपैयाँ, ङादी ग्रुप पावरकाे २३ करोड ५३ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफकाे १७ करोड ३४ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपवारकाे १४ करोड ३४ लाख रुपैयाँ, हाथवे इन्भेस्टमेन्टकाे १३ करोड २७ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरकाे ९ करोड ३१ लाख रुपैयाँ, सोनापुर मिनरल्सकाे ७ करोड ७७ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीकाे ७ करोड ७२ लाख रुपैयाँ, चन्द्रागिरी हिल्सकाे ७ करोड ६ लाख रुपैयाँ र युनाइटेड मोदी हाइड्रोपावरकाे ५ करोड ४६ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ ।




















प्रतिक्रिया