Logo

अर्थ

१० अंकले बढ्यो सेयर बजार, ४ अर्ब ५६ करोडको कारोबार



काठमाडौं । आज सेयर बजारमा दोहोरो अंकले बढेको छ । आज सेयर बजार नेप्से परिसूचक १०.२६ अंकले बढेर २१०४.७२ को विन्दुमा बन्द भएको छ।

आज १५० कम्पनीको सेयरभाउ बढ्दा ८६ वटाको घटेको छ भने ११ वटाको स्थिर रहेको छ। आज साढे ४ अर्ब ५६ करोड रुपैयाँ माथिको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावरका लगानीकताएले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । अरुण भ्याली हाइड्रोपावरका लगानकिर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । मिड सोलु हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै गरिमा डिबेञ्चर २०८५ का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले १० प्रतिशतका दरले गुमाएका हुन् ।

आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। आज यस कम्पनीको ६० करोड १६ लाख रुपैयाँको सेयर कारोबार भएके हो ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार १५:४१   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।