Logo

अर्थ

१४.८८ अंकले बढ्यो सेयर बजार, साढे ५ अर्बको कारोबार



काठमाडौं । आज सेयर बजारमा दोहोरो अंकले बढेको छ । आज सेयर बजार नेप्से परिसूचक १४.८८ अंकले बढेर २११९.६१ को विन्दुमा बन्द भएको छ ।

आज १५२ कम्पनीको सेयरभाउ बढ्दा ८५ वटाको घटेको छ भने १० वटाको स्थिर रहेको छ ।  यस दिन ५ अर्ब ५४ करोड ४२ लाख रुपैयाँको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै चन्द्रगिराी हिल्स, समाज लघुवित्त वित्तीय संस्था र रावा इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सिनर्जी पावर कम्पनीका लगानीकर्ताले ८.७२ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै मिड सोलु हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशलमव ३५ प्रतिशतका दरले गुमाएका हुन् ।

आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको ७५ करोड २७ लाख १६ लाख रुपैयाँको सेयर कारोबार भएके हो ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलवार १५:३८   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।