Logo

ला लिगा: अङ्क तालिकामा बार्सिलोनालाई खोज्न पर्ने



ला लिगा: युरोपको प्रतिष्ठित प्रतियोगिता स्पेनिस फुटबल लिग(ला लिगा) अन्तर्गतका खेलहरु धमाधम भैरहेका छन् । 

बर्ष २०२०/२१ का ६/७ औँ खेलहरु चलिरहँदा प्रमुख क्लब बार्सिलोनालाई अङ्क तालिकामा खोज्न परेको छ, बार्सिलोना हालसम्म ६ खेलबाट जम्मा ८ अङ्क  बटुल्दै लिगको १२ औँ स्थानमा रहेको छ । जस अन्तर्गत दुई खेलमा जीत, दुई खेलमा बराबरी र दुई खेलमा हार ब्यहोरेको छ ।

यता गत बर्षको बिजेता रियल म्याड्रिड भने एक खेल बढी खेलेर लिगको दोस्रो स्थानमा उक्लिएको छ । रियल को सात खेलबाट १६ अङ्क रहेको छ, भने जस अन्तर्गत रियलले पाँच खेलमा जीत, एकमा बराबरी र एकमा हार ब्यहोरेको छ ।

ला लिगा मा हाल रियल म्याड्रिड भन्दा एक खेल बढी खेलेर लिगको शीर्ष स्थानमा रियल सोसिडाड रहेको छ । सोसिडाडको लिगमा आठ खेलबाट १७ अङ्क रहेको छ, जसमा पाँच खेलमा जीत, दुई खेलमा बराबरी र एक खेलमा हार ब्यहोरेको छ ।

त्यस्तै उपाधि दाबेदार मानिने एथ्लेटिक को म्याड्रिड चौथो स्थानमा रहेको छ भने, भिल्लारियल  तेस्रो स्थानमा छ ।

प्रकाशित : १८ कार्तिक २०७७, मंगलबार