Logo

अर्थ

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ६०० रुपैयाँले घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।

आइतबार छापावाल सुन एक लाख १८ हजार ९०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार छापावाल सुन एक लाख १९ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आइतबार चाँदी तोलामा २० रुपैयाँले घटेर तोलाको १३९५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी तोलाको १४१५ रुपैयाँ कारोबार भएको थियो ।

प्रकाशित मिति : २१ माघ २०८०, आईतवार ११:५३   :  बजे

192
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।