काठमाडौं- ईङलिश प्रिमियर लिग अन्तर्गत वोल्भ्सले चेल्सीमाथि शानदार जित हासिल गरेको छ।
आइतबार राति सम्पन्न खेलमा वोल्भ्सले चेल्सीलाई ४-२ गोल अन्तरले पराजित गरेको हो।
वोल्भ्सको जितमा माथेउस चुनाले ह्याट्रिक गरेका थिए भने एक गोल चेल्सीका एक्सेल डिसासीले आत्मघाती गोल गरेका थिए। त्यसैगरी चेल्सीका लागि कोल पाल्मर र थियागो सिल्भाले एक एक गोल गरेका थिए।
यो जितपछि वोल्भ्सको २३ खेलमा ३२ अंक भएको छ र लिगमा १०औं स्थानमा उक्लिएको छ। त्यसैगरी चेल्सीको भने यो यस सिङमा १०औ हार हो। २३ खेलमा ३१ अंक रहेको चेल्सी लिगमा ११औं स्थानमा झरेको छ।




















प्रतिक्रिया