Logo

प्रमुख समाचार

बालेनविरुद्ध खनिए शंकर पोखरेल- धरहरा निर्माण उहिल्यै सकेको हो, महत्व नबुझ्नेले आलोचना गरे



काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले धरहरा निर्माण पहिले नै सम्पन्न भइसकेको दाबी गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको विरोध गरेका छन्।

निर्माण सकिएको धरहरा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटनसमेत गरेको उनको भनाइ छ। धरहरा पुनर्निर्माण परियोजनालाई पाँच भागमा बाँडेर काम गरिएको उनले बताए।

‘तत्कालीन प्रधानमन्त्रीले नवनिर्मित धरहरा उद्घाटन गरेको हो। जसको निर्माण कार्य सम्पन्न भइसकेको छ। अरू परियोजनाको काम सरकार परिवर्तनका कारण बिलम्ब भएको छ। तर, निर्माण सम्झौता पहिले भएका कारणले काम भने कछुवाको गतिमा जारी छ,’ ,’ महासचिव पोखरेलले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

धरहरा निर्माण परियोजनाको दुरदर्शी दृष्टिकोण र महत्व नबुझ्नेले त्यसको आलोचना गर्नु स्वाभाविक भएको उनले बताए। ‘यो परियोजनाको दुरदर्शी दृष्टिकोण र महत्व नबुझ्नेले त्यसको आलोचना गर्नु स्वाभाविक हो,’ उनले भने।

दुई वर्ष ९ महिना २० दिनअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा उद्घाटन गरेको प्रसंग उल्लेख गर्दै उनले लेखेका छन्, ‘२०७८ वैशाख ११ शनिबार अर्थात् आजभन्दा २ वर्ष ९ महिना २० दिनअगाडि तत्कालीन प्रधानमन्त्री केपी ओलीबाट ‘सेतो टावर’ उदघाटन भयो। सोही उद्घाटनलाई तत्कालीन मेयर विद्यासुन्दर शाक्यले ‘आज एक ऐतिहासिक काम सम्पन्न भएको छ, राणाकालीन अवस्थामा भएको भए केपी ओली टावर भन्थे’ भन्नुभएको थियो।’

सहरी विकास मन्त्रालयले धरहरामा पार्किङ नगर्न काठमाडौं महानगरलाई पत्राचार गरेको थियो। ‘केही दिन अगाडि त्यहि ठाउँमा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा धरहरा निर्माण हुँदैछ, पार्किङ बन्द गर्नू’ भन्ने पत्र लेखिन्छ,’ मेयर बालेनले भनेका थिए।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलवार ११:२६   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।