Logo

अर्थ

नेशनल लघुवित्तको लाभांश घोषणा



काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ २२ गते  बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।

आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट आफ्ना सेयरधनीलाई हाल कायम चुक्तापूँजीको १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरिएको छ । प्रस्तावित लाभांशमध्ये करसहित ७.५ प्रतिशत नगद लाभांश र बाँकी ७.५ प्रतिशत बोनस सेयर रहेको छ ।

कम्पनीबाट प्रस्तावित लाभांश नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलवार १२:००   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।