काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ २२ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।
आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट आफ्ना सेयरधनीलाई हाल कायम चुक्तापूँजीको १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरिएको छ । प्रस्तावित लाभांशमध्ये करसहित ७.५ प्रतिशत नगद लाभांश र बाँकी ७.५ प्रतिशत बोनस सेयर रहेको छ ।
कम्पनीबाट प्रस्तावित लाभांश नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।




















प्रतिक्रिया