Logo

अर्थ

सहकारी ठगी प्रकरण : पूर्व डीआईजी जोशीको घरमा प्रहरीको छापा



काठमाडौं- प्रहरीले पूर्व डीआईजी छविलाल जोशीको घरमा प्रहरीले छापा हानेको छ। बुधबार उनको घरमा छापा हानेर सूर्यदर्शन सहकारीसँग सम्बन्धित विवरण भएको एउटा विद्युतीय उपकरण प्रहरीले नियन्त्रणमा लिएको छ।

पोखरा प्रहरीको टोलीले काठमाडौं प्रहरीको सहयोगमा बुधबार काठमाडौंको शंखमूलबाट बचतकर्ताको विवरण रहेको आशंका गरिएको विद्युतीय उपकरण नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ।

पूर्व डीआईजी जोशी फरार छन्। उनी सूर्यदर्शन सहकारीका अध्यक्ष जीबी राईका पार्टनर हुन्। ग्यालेक्सी टेलिभिजनमा जोशीको पनि लगानी रहेको थियो।

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार ०६:४०   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।