Logo

अटो

रेसिङ अटोमोबाइल्सले ल्यायो ‘दुईमा दुई’ उपहार योजना



काठमाडौं । रेसिङ अटोमोबाइल्स प्रालिले ‘दुईमा दुई’ अफर ल्याएको छ । स्थापनाको दोस्रो वर्ष प्रवेश गरेको उपलक्ष्यमा कम्पनीले नयाँ अफर घोषणा गरेको हो ।

उक्त योजना अनुसार कम्पनीले फागुन महिनाभित्र गाडी खरिद गर्ने सम्पूर्ण ग्राहकलाई दुई पटक निःशुल्क फूल सर्भिसिङ्ग उपहारको रूपमा दिने भएको छ ।

रेसिङ अटोमोबाइल्सका प्रबन्धनिर्देशक रुद्र ढुंगेलका अनुसार कम्पनीले आार्थिक सुस्तताकोबीच पनि एक वर्षमा उल्लेख्य संख्यामा गाडी खरिद बिक्री गर्न सफल भएको बताएका छन् ।

काठमाडौं कलंकीस्थिति भाटभटेनी सुपरमार्केट नजिक रेसिङ बजारमा रहेको यो कम्पनीले नयाँ तथा पुराना गाडिहरु खरिद/बिक्री गर्दै आएको छ।

 

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार ११:११   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।