काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा कार्यरत कर्मचारीको तलब रोकिएको छ। प्रधानमन्त्री प्रचण्डको सचिवालयमा कार्यरत कर्मचारीले माघ महिनाको तलब पाउन नसकेका हुन्।
हाल सचिवालयमा सवारी चालक र पियनसमेत गरी १८ जना कार्यरत छन्। सचिवालयका प्रमुख स्वकीय सचिव रमेश मल्लकाअनुसार माघ महिनाको तलब पाउन बाँकी रहेको हो। किन तलब रोकिएको भन्ने बारे बुझ्न नसकिएको उनले प्रतिक्रिया दिएका छन्।
सचिवालयमा कार्यरत सबै कर्मचारीको माघको तलब गएको छैन। प्रधानमन्त्री कार्यालयका प्रशासन महाशाखा प्रमुख एवं सचिव गणेश प्रसाद पाण्डेले आफूलाई तलब रोकिएको कहीँबाट पनि गुनासो नआएको बताए।
उनले सरकारी तलब खाने कर्मचारीहरू सिस्टममा बस्नुपर्ने बताए।




















प्रतिक्रिया