Logo

अर्थ

सेयर बजारमा सामान्य सुधार, ४ अर्बको कारोबार



काठमाडौं । सेयर बजारमा बुधबार सामान्य सुधार आएको छ। आज नेप्से परिसूचक ५.९१ अंकले बढेर २०७६.५० को विन्दुमा बन्द भएको छ।

आज ३०२ कम्पनीको १ करोड २३ लाख ६३ हजार ७२ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २५ करोड रुपैयाँको सेयर कारोबार भएको छ । १३२ कम्पनीको सेयर मुल्य बढेको छ भने १११ कम्पनीको मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्स कमपनी, बोटलर्स नेपाल बालाजू र पाँचथर पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् । जोशी हाइड्रोपावरका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै एनआइसी एशिया ब्यालेन्स फण्डका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ५ प्रतिशतका दरले गुमाएका हुन् ।

आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको १७ करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार १५:४४   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।