Logo

आजको तस्बिर

सैनिक मञ्चमा प्रवेश नपाएपछि पत्रकारले गरे क्यामेरा डाउन



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा टुडिँखेलमा आयोजना गरिएको कार्यक्रममा पत्रकारलाई प्रवेश दिइएको छैन ।

मुल समारोह समितिले आयोजना गरेको सैनिक मञ्च टुडिंखेलमा प्रवेश नदिएपछि फोटो पत्रकारहरुले क्यामेरा डाउन गरेर विरोध जनाएका छन् ।

सूचना तथा प्रसारण विभागको कार्डलेसमेत प्रवेश नदिएपछि पत्रकारहरूले सांकेतिक विरोध गरेका हुन् । समारोहको निमन्त्रणपत्र भए मात्रै प्रवेश दिने भन्दै पत्रकारहरूलाई आयोजकले फर्काइदिएको छ ।

प्रजातन्त्र दिवसको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल, मन्त्रीहरू तथा संवैधानिक निकायका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको छ ।

प्रकाशित मिति : फाल्गुन ७, २०८० सोमबार  १० : ३९ बजे

462
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।