Logo

प्रमुख समाचार

कांग्रेस महासमिति बैठक सुरु



काठमाडौं- नेपाली कांग्रेसको महासमिति बैठक सुरु भएको छ। ललितपुरको गोदावरीमा सोमबारदेखि सुरु भएको बैठक तीन दिनसम्म चल्ने छ।

सोमबार कांग्रेस सभापति शेरबहादुर देउवाले बीपी कोइरालाको फोटोमा माल्यार्पण गरी बैठकको उद्घाटन गरेका छन्।

महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक, प्रवक्तासमेत रहेका अर्थमन्त्री प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेस गर्नेछन्।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार १४:५६   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।