काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले आफूले अर्थ मन्त्रालयका जिम्मेवारी सम्हालेपछि अर्थतन्त्र लयमा फर्किएको दाबी गरेका छन् । कांग्रेस महासमिति बैठकमा आर्थिक प्रतिवेदन पेस गर्दै अर्थमन्त्री महतले नकारात्मक दिशातर्फ अग्रसर देशको अर्थतन्त्र लयमा फर्काएको दाबी गरेका हुन् ।
उनले आर्थिक वृद्धि र न्यायोचित वितरण, उत्पादन वृद्धि र रोजगारी सिर्जना तथा सामाजिक सुरक्षाको प्रत्याभुति गर्नुपर्ने नीतिको पक्षमा कांग्रेस अडिग रहेको जानकारी दिए ।
२०७७ असार मसान्तमा बैंक तथा वित्तिय प्रणालीमा ३२ खर्ब १० अर्बबाट वृद्धि भई कर्जा प्रवाह ०७९ असार मसान्तसम्म ४६ खर्ब २१ अर्ब पुगेको डा. महतले प्रतिवेदनमा उल्लेख गरेका छन् । उनले अर्थतन्त्रलाई गतिशिल बनाउन पहल भइरहेको भन्दै रू १०० मा कम्पनी खोल्न सकिने सरल व्यवस्था गरिएको बताए ।
बजेट अनुसशानका लागि आर्थिक वर्ष ८०/८१ को बजेट मार्फत घोषणा गरेको आर्थिक सुधार र बजेट प्राणाली सुधारका अधिंकास विषयहरू कार्यान्वयन क्रममा रहेको बताए । उनले भने–“परम्परागत शैलीमा आउने नीति तथा कार्यक्रम र बजेट निर्माण प्रकृयामा सुधार गर्न आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन २०७६ लाई संसोधन गरि संसदमा बजेटका सिद्धान्त र प्राथामिकताबारे यथेष्ट छलफल गर्ने व्यवस्था मिलाइएको छ ।”
प्रतिवेदन प्रस्तुत गर्दै अर्थमन्त्री महतले अन्तर्राष्ट्रिय विकास सहायता सम्बन्धी नयाँ नीतिको तर्जुमा सुरू गरिएको उल्लेख गरेका छन् । उनले भने–“जुनसुकै परियोजनामा अनावश्यक ऋण सहायता लिने प्रवृत्तिको सट्टा आवश्यकता र औचित्यका आधारमा ऋण परिचालन पनि गर्न सुरू गरिएको छ ।”
अर्थतन्त्रमा चुनौती कायमै रहेपनि समिष्टिगत आर्थिक परिसूचकमा क्रमश सुधार हुँदै गएको उनले प्रतिवेदनमा उल्लेख गरेका छन् ।




















प्रतिक्रिया