Logo

अर्थ

निक्षेप पूर्ण सुरक्षित छ, बैंकहरुसँग ढुक्कले कारोबार गर्नुस् : राष्ट्र बैंक



काठमाडौं । केही दिन यता राष्ट्रिय स्तरको वाणिज्य बैंकमाथि भइरहेको चौतर्फी प्रहारको मुद्दामा केन्द्रीय बैंकको ध्यानाकर्षण भएको छ ।

बैंकिङ क्षेत्र सबल र सक्षम रहेको बताउँदै राष्ट्र बैंकले हल्लाको पछाडि नलागी निर्धक्क रुपमा कारोबार गर्न लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालाहरुलाई आग्रह गरेको हो ।

‘बैंक तथा वित्तीय संस्था सञ्चालनको पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको र यस बैंकले बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकोले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको ब्यहोरा अनुरोध छ । बैंकिङजस्तो संवेदनशील क्षेत्रप्रति सर्वसाधारणलाई भ्रमित गर्न दुष्प्रचार गर्ने कार्यको पछाडि नलागी सम्बद्ध लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालालाई ढुक्कसँग नियमित रूपमा बैंकिङ कारोबार गर्न नेपाल राष्ट्र बैंक हार्दिक अनुरोध गर्दछ,’ केन्द्रीय बैंकले विज्ञप्ति मार्फत सम्पूर्णमा आग्रह गरेको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलवार १७:१७   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।