Logo

अर्थ

सेयर बजारमा दोहोरो अंकको गिरावट



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ  । नेप्से परिसूचक २०.७६ अंकले घटेर २००५.८३ को विन्दुमा बन्द भएको छ ।

आज ३०९ कम्पनीका ९५ लाख १८ हजार ७५ कित्ता सेयर ३ अर्ब २० करोड ६१ लाख रुपैयाँ बढीमा किनबेच भएका छन् । सेयर बजारमा आज ४९ वटा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । १९७ वटा कम्पनीको शेयरभाउ घट्दा २ वटाको स्थिर रहेको छ ।

आज सबैभन्दा धेरै समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रशिततका दरले कमाएका हुन्। जोशी हाइड्रोपावरका लगानीकर्ताले ९.८७ प्रशिततका दरले कमाएका छन् । सामलिङ पावरका लगानीकर्ताले ९.८५ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै हिमालयन उर्जा विकासका लगानकिर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ दशलमव ६० प्रशिततका दरले गुमाएका हुन् ।

आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको १४ करोड ८७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

गोर्खाज फाइनान्स १४ करोड १ लाख रुपैयाँ,जोशी हाइड्रोपावर ८ करोड ९३ लाख रुपैयाँ,एनआईसी एसिया बैंक ६ करोड ४० लाख रुपैयाँ,ङादी ग्रुप पावर ६ करोड २४ लाख रुपैयाँ,नागकिर लगानी कोष ५ करोड ७७ लाख रुपैयाँ,सोनापुर मिनरल्स ४ करोड ९६ लाख रुपैयाँ,नेपाल फाइनान्स ४ करोड ८७ लाख रुपैयाँ,मोलुङ हाइड्रोपावर ४ करोड ८६ लाख रुपैयाँ,एनआरएन इन्फ्रास्ट्रक्चर ४ करोड ८२ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार १६:०६   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।