Logo

अर्थ

सेयर बजारमा २६.८१ अंकको गिरावट



काठमाडौं । साताको पहिलो दिन सेयर बजार घटेर बन्द भएको छ । आज सेयर बजार नेप्से परिसूचक २६.८१ अंकले घटेर १९७९.८१ को विन्दुमा कायम भएको छ ।

आज दिनभरिमा ३१७ कम्पनीको ८५ लाख ४६ हजार ९३० कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज जम्मा ३८ कम्पनीको सेयर मुल्य बढेको छ भने २०६ कम्पनकिो शेयरभाउ घटेको छ ।

आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजूका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । चिरख्वा हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ८.५५ प्रतिशतका दरले कमाएका छन् । घौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६.६६ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै समाज लघुवित्त वित्तीय संस्था र मोलुङ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यी दुई कम्पनीका लगानीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

आज सन नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको २५ करोड १८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आईतवार १५:२५   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।