Logo

अर्थ

संसद्‍मा आगामी बजेटका सिद्धान्त र प्राथमिकता पेश गर्दै अर्थमन्त्री



काठमाडौं । प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘बजेटका सिद्धान्त र प्राथमिकताा’ प्रस्तुत गर्ने भएका छन् ।

अर्थमन्त्री डा.महतले आगामी आर्थिक वर्ष २०८१/८१ को बजेटका प्राथमिकता र सिद्धान्तमाथि छलफल गरियोस् भनी संसदमा प्रस्तुत गर्ने भएका हुन् ।

उनले कर प्रस्ताव बाहेकको विषयमा छलफल गर्नेगरी प्रतिनिधि सभामा प्राथमिकता र सिद्धान्त प्रस्तुत गर्न लागेको अर्थ मन्त्रालयले जानकारी दिएको छ । बैठक बिहान ११ बजेदेखि सुरु हुँदैछ । आज अर्थमन्त्रीले संसदमा ‘प्रिबजेट’ छलफलका लागि प्रस्तुत गर्ने भएका हुन् ।

अर्थमन्त्रीले प्रतिनिधि र राष्ट्रिय सभामा छुट्टाछुट्टै ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिक्ता’ पेस गर्ने कार्यक्रम रहेको छ । सरकारले नयाँ व्यवस्था गर्दै फागुनको पहिलो सातादेखि नै संसदमा ‘प्रिबजेट’ छलफल गर्ने कार्यतालिका बनाएको छ ।

बजेटलाई बास्तविक्ता बनाउन र सांसदहरुको सुझाव समेट्ने लक्ष्यसहित ‘बजेट क्यालेन्डर’ फेर्दै सरकारले फागुन पहिलो साता नै संसदमा पेस गर्ने व्यवस्था गरेको थियो । प्रतिनिधि र राष्ट्रियसभामा पेस विनियोजन ‘विधेयकका सिद्धान्त र प्राथमिक्ता’माथि आउने सांसदका सुझाव समेत समेट्ने लक्ष्य सरकारको देखिन्छ ।

चालू आर्थिक वर्षसम्म सरकारले जेठ १५ गते भित्र संसदमा बजेटको सिद्धान्त र प्राथमिकता पेस गर्दै आइरहेको थियो । यसअनुसार संसदमा औपचारिकताका लागि मात्रै बजेटमाथि छलफल हुन्थ्यो । संसदले दिएको सुझाव समेत बजेटमा समेटिएको ‘रेकर्ड’ अहिलेसम्म छैन ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार १०:५५   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।