काठमाडौं- नेपाली कांग्रेसबाट राष्ट्रिय सभाका सांसद रमेशजंग रायमाझीले सरकारले जनताप्रति जवाफदेही बन्न नसकेको आरोप लगाएका छन्।
सोमबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले निर्वाचित भइसकेपछि सरकार जनतातिर फर्किन नसकेको आरोप लगाए।
सरकारले एउटा कानले सुन्ने र अर्को कानले उडाउने मात्रै काम गरिहरेको उनले बताए। उनले सरकारले गरेका निर्णय ६ महिनापछि उल्टिरहेको बताए। संसद सांसदले बोल्नै मात्रै थलो हो की बोलेका कुरा सरकारले चासो दिएर सुन्नुपर्छ भन्दै प्रश्न गरे।
उनले राष्ट्रिय सभाबाट उत्पत्ति भएको राष्ट्रिय मर्यादासम्बन्धी विधेयक प्रतिनिधि सभाबाट तुहिने अवस्थामा पुगेको बताए। उनले प्रतिनिधि सभाले राष्ट्रिय सभाबाट सर्वसम्मत पारित भएको विधेयक तुहाउने काम गर्ने हो भने संघीय संसदको गरिमा के हुन्छ? भन्दै प्रश्न गरे।
प्रतिक्रिया