Logo

अर्थ

कर्जा विस्तार नहुँदा फागुनमा मात्रै बैंकहरुले राष्ट्र बैंकमा राखे साढे २ खर्ब निक्षेप



काठमाडौं । कर्जा लगानी विस्तार हुन नसक्दा बैंकहरुले फागुनमा मात्रै साढे २ खर्ब रुपैयाँ भन्दा बढी रकम नेपाल राष्ट्र बैंकमा राखेका छन् ।

राष्ट्र बैंकले यही फागुनबाट स्थायी निक्षेप संकलन सुविधा कार्यान्वयनमा ल्याएपछि बैंक तथा वित्तीय संस्थाहरूले दुई खर्ब ५३ अर्ब ६५ करोड रुपैयाँ निक्षेप राष्ट्र बैंकमा राखेका हुन् ।

राष्ट्र बैंकले उनीहरूको निक्षेप ३ प्रतिशत ब्याजदरमा राखेको छ । बैंकहरुले सो निक्षेप राख्न बोलकबोल गर्नुपर्दैन । यसअघि बोलकबोलबाट निक्षेप संकलन गर्दै आएको बैंकले फागुनदेखि ३ प्रतिशत ब्याजदरमा बैंकहरुको निक्षेप राखेको हो । बैंकहरुले लगानी गरेर बाँकी रहेको सबै रकम केन्द्रीय बैंकमा राख्न पाउनेछन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार १४:५८   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।