काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसदको दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)मा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटको सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेका छन् ।
अब दुवै सदनमा सांसदहरुले अर्थमन्त्रीले प्रस्तुत गरेको बजेटको सिद्धान्त तथा प्राथमिकतामा आधारित भएर आफ्ना धारणाहरु राख्नेछन् । प्रतिनिधि सभाको संसदीय क्यालेन्डर अनुसार आगामी फागुन २१ गतेबाट प्रि बजेटमाथि छलफल सुरू हुनेछ । फागुन महिनामा बस्ने २२ गते, २३ गते र ३० गते बस्ने बैठकमा पनि छलफल जारी रहनेछ ।
राष्ट्रिय सभामा भने ३० गते प्रिबजेट छलफलमा उठेका प्रश्नको जवाफ अर्थमन्त्रीले दिने तालिका तय भएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाका अनुसार यही फागुन १७ गते, २७ गते, २९ गते र ३० गते छलफल हुनेछ । ३० गते नै अर्थमन्त्रीले जवाफ दिनेछन् ।




















प्रतिक्रिया