काठमाडौं । सरकारसँगको तीन पटकको वार्ताबाट कुनै निष्कर्षमा नपुगेपछि पीडितहरूले आन्दोलनलाई थप सशक्त बनाउने भएका छन् । विभिन्न ६ बुँदे माग अघि सारेर आन्दोलन गर्दै आएका पीडितहरूसँग सरकारले निरन्तर वार्ता गर्दै आइरहेको छ । तर, कुनै निष्कर्षमा पुग्न नसकेपछि पीडितहरू आन्दोलन अझ शशक्त बनाउने निर्णयमा पुगेका छन् ।
‘मिटरब्याजविरुद्ध न्याय मार्च’ गर्दै काठमाडौँ आइपुगेका मिटरब्याज पीडितहरूले ६ बुँदे माग अघि सारेर माघ १६ गतेदेखि आन्दोलन गर्दै आएका छन्।
गृह मन्त्रालयले गठन गरेको वार्ता समिति र पीडितहरूबिच तीन पटक वार्ता भइसकेकाे छ । मिटर ब्याज अपराधबाट सिर्जित समस्यालाई समाधान गर्न अघि सारेका ६ बुँदे मागप्रति सरकारले नजरअन्दाज गरेको पीडितहरूको आरोप छ ।
सरकारले अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी जाँचबुझ आयोग २०७९ गठन गरेको थियो । त्यसले गरेको काम कारबाही अपूर्ण एवम् विफल भएको पीडितहरूको भनाइ छ। आन्दोलनका कार्यक्रम अन्तर्गत आज उनीहरूले ‘सिट्ठी जुलुससहित बालुवाटार मार्च’ को आयोजना गरेका छन्। मार्चपास भृकुटीमण्डपबाट सुरु भई पुतलीसडक, डिल्लीबजारबाट कमलपोखरी, टंगाल हुँदै बालुवाटार र सोही रुट फिर्ता हुने कार्यक्रम छ ।




















प्रतिक्रिया