Logo

प्रमुख समाचार

प्रचण्ड र ओलीबीच एक घण्टा वान टु वान वार्ता



काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान बालुवाटारमा झन्डै एक घण्टा वान टु वान वार्ता भएको छ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली आज बिहान प्रधानमन्त्रीको सरकारी निवास पुगेका थिए। उनीहरूबीच समसामयिक विषयमा झन्डै एक घण्टा कुराकानी भएको बताइएको छ।

संक्रमणकालीन न्याय (टीआरसी) विधेयक संसद्‌बाट पारित गर्ने तयारी भइरहेका बेला सत्ता नेतृत्वकर्ता र प्रमुख प्रतिपक्ष दलका दुई शीर्ष नेताबीच भेटवार्ता भएको हो।

यसबीच प्रधानमन्त्री प्रचण्डले एमालेसँग नयाँ गठबन्धन बनाउन लागेको भन्ने चर्चा पनि नभएको होइन।

सत्ता गठबन्धनभित्रको बाँडफाँटमा राष्ट्रिय सभाको अध्यक्ष पद आफूले पाउनेमा ढुक्क रहेको नेपाली कांग्रेस नेकपा माओवादी केन्द्रले आफैँ राख्ने निर्णय गरेपछि झस्किएको छ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आईतवार ११:३७   :  बजे

393
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।