Logo

अर्थ

टिसिएल लगातार दुई वर्ष ग्लोबल टप २ टिभि ब्रान्डको स्थानमा



काठमाडौं । टीसीएल इलेक्ट्रोनिक्सले मार्केट रिसर्च कम्पनी ओमडियाको ग्लोबल टप २ टिभि ब्रान्डको रूपमा फेरि मान्यता पाएको छ ।

यो उपलब्धिको मूल कारण कम्पनीको मिनी एलईडी टिभीहरू जस्ता सफल प्रिमियम टिभीहरुको श्रृंखला २०२३ मा बजारमा उपलब्ध गराउनु रहेको कम्पनीले जनाएको छ ।

यस खालका टिभिले हालैका वर्षहरूमा चर्चा पाएका छन् । आफ्नो प्रिमियम टिभी उत्पादन पोर्टफोलियोलाई विस्तार गर्ने र अभिवृद्धि गर्ने लक्ष्यका साथ, टीसीएल सन् २०१९ मा विश्वमै मिनी एलईडी टिभीको ठूलो उत्पादन गर्ने पहिलो कम्पनी पनि बनेको छ ।

टीसीएलले गत वर्ष ९८ इन्च र सोभन्दा माथिको मिनी एलईडी टिभीहरूको श्रृंखला पनि बजारमा सार्वजनिक गरेको छ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आईतवार १४:२७   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।