Logo

अर्थ

सेयर बजारमा लाग्यो तेस्रो सर्किट ब्रेक, आजका लागि कारोबार बन्द



काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा तीनवटा सर्किट ब्रेक लागेपछि आजका लागि कारोबार बन्द भएको छ । सरकारमा नयाँ समिकरण बनेपछि सेयर बजारमा तीनवटा सर्किट ब्रेक देखिएको हो ।

बजार खुलेको ३ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेर २०३९.६० बिन्दुमा पुगेपछि २० मिनेटको लागि सर्किट ब्रेक लागेको थियो र २० मिनेटपछि बजार खुलेको १ मिनेटमै सेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको थियो ।

त्यसपछि ४० मिनेट बन्द भएर कारोबार खुलेको पुनः १ मिनेटमै अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ६ प्रतिशतले बढेर तेस्रो सर्किट ब्रेक लागेपछि आजका लागि कारोबार बन्द भएको हो ।

आइतबार सेयर बजारको परिसूचक नेप्से ११७.७० अंक बढेर २०७८.०० अंकमा कायम भएको छ ।

सेयरबजारमा एक घण्टाअघि ४ प्रतिशतले बढ्दा २० मिनेटलाई ब्रेक लाग्छ । भने, २ घण्टाअघि ५ प्रतिशतले बढ्दा ४० मिनेटका लागि ब्रेक लाग्छ र ६ प्रतिशतले बढेमा दिनभरीको कारोबारमा ब्रेक लाग्ने गर्दछ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार १२:२४   :  बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।