काठमाडौं- नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले नेपाली राजनीतिमा वामपन्थी ध्रुवीकरण अगाडि बढेको बताएका छन्।
प्रधानमन्त्रीनिवास बालुवाटारमा आज बसेको माओवादीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग उनले राजनीतिलाई ‘कोर्स करेक्सन’ गरेर वामपन्थी ध्रुवीकरणतर्फ लैजानुपर्छ भनेर नयाँ गठबन्धन बनाइएको बताए।
‘वामपन्थी दलहरू एक होऊन् भन्ने नेपाली जनताको चाहना हो, वामपन्थी कमजोर हुने अवस्था आउन नदिन उक्त ‘स्टेप’ चालिएको हो,’ उनले भने।
विगतका त्रुटि–कमजोरी सच्याएर अघि बढ्नुपर्छ भन्नेबारेमा छलफल भएको उनले जानकारी दिए।
नेकपा एमालेसहितको नयाँ गठबन्धन कायम भएसँगै समाजवादी मोर्चा नेपाल पनि निरन्तर रहने उनको भनाइ छ।




















प्रतिक्रिया