Logo

अर्थ

सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । आज पनि नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । छापावाला र तेजावी सुनको मूल्य प्रतितोला प्रतितोला १ हजार ५ सय रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २५ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख २४ हजार ४ सय रुपैयाँमा काराेबार भइरहेकाे छ । यो मूल्य अहिलेसम्मकै उच्च हो ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला ५ सयले वृद्धि भएको थियो । त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख २३ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख २२ हजार ९ सय रुपैयाँ पुगेको थियो ।

आज चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ४७० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहीबार ११:२४   :  बजे

114
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।