Logo

प्रमुख समाचार

प्रचण्डले राजनीतिक बेइमानी गरेको कांग्रेस निष्कर्ष, सरकारलाई दिएको समर्थन फिर्ता लिँदै



काठमाडौं- नेपाली कांग्रेस संसदीय दलले प्रधानमन्त्रीले राजनीतिक बेइमानी गरेको निष्कर्श निकालेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन बदलेपछि बिहीबार बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको सभामुखलाई जानकारी गराउने निर्णय पनि गरेको छ।

संविधानको रक्षा, गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण, सुशासन विकास र स्थिरिताका लागि गठबन्धन गरेर चुनावमा गएको र त्यसक्रममा भएको सहमतिप्रति आफू प्रतिबद्ध रहेको बेला प्रधानमनत्रीले अविश्वसनीय ढंगले गठबन्धन तोडेको कांग्रेसको निष्कर्ष छ।

‘प्रधानमन्त्री पुपष्कमल दाहालजीले हामीलाई विवासघात गर्नुभयो र गठबन्धन भत्काउनुभयो। यसलाई हामीले राजनैतिक बेमाइनी ठहर गरेका छौं,’ कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने।

कांग्रेसले गठबन्धनको संस्कृति, मूल्यमान्यता र सम्पूर्ण सहमतिलाई पालना गरिराखेकै अवस्थामा अविश्वनीय ढंगले गठबन्धन भत्काउने काम भएको र यो कुनै हिसाबले राजनैतिक इमान्दारीता हुन नसक्ने उनले बताए।

गठबन्धन तोडेर प्रधानमन्त्रीले देशलाई अस्थिरता र अनिश्चिततातर्फ लगेको कांग्रेसको आरोप छ। संघीय संसदमा प्रमुख विपक्षी दलका हैसियतले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने कांग्रेसले बाएको छ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहीबार ११:५३   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।