Logo

अर्थ

दोहोरो अंकले बढ्यो सेयर बजार, ३ अर्बमाथिको कारोबार



काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । आज सेयर बजार नेप्से परिसूचक १३.५१ अंकले बढेर २०३०.५५ को विन्दुमा कायम भएको छ ।

आज ३०९ कम्पनकिो ८९ करोड २९ लाख १५२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब १९ करोड ९२ लाख रुपैयााको सेयर कारोबार भउको छ । आज १७६ कम्पनीको सेयर मुल्य बढेको छ भने ५९ कम्पनकिो सेयर मुल्य घटेको छ ।

त्यस्तै, सबैभन्दा धेरै पिपुल्स हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । चिरख्वा हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ८.९७ प्रतिशतका दरले कमाएका छन् । मध्य भोटेकोशी कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै एनआइसी एशिया ग्रोथ फण्ड दुईका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ६.२१ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको ५६ करोड २० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

त्यस्तै, शिवम सिमेन्ट १६ करोड ४१ लाख रुपैयाँ,सोनापुर मिनरल्स १३ करोड ४१ लाख रुपैयाँ, मोलुङ हाइड्रोपावर १३ करोड ३७ लाख रुपैयाँ, हाथवे इन्भेस्टमेन्ट ९ करोड ७९ लाख रुपैयाँ, गोर्खाज फाइनान्स ७ करोड ८६ लाख रुपैयाँ, जोशी हाइड्रोपावरः ७ करोड ३८ लाख रुपैयाँ, हिमालयन रिइन्स्योरेन्स ६ करोड ५२ लाख रुपैयाँ, युनियन हाइड्रोपावर ४ करोड ७४ लाख रुपैयाँ र नेपाल रिपब्लिक मिडिया ४ करोड ४४ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहीबार १५:३४   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।