Logo

रोजगार

लोकसेवाले माग्यो ५३७ खरिदार (सूचनासहित)



काठमाडौं । लोक सेवा आयोगले खरिदार पदमा विज्ञापन प्रकाशित गरेको छ ।

आज (बुधबार) आयोगले एक सूचना जारी गर्दै राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरहका पदमा ५ सय ३७ जना खरिदारका लागि आवेदन आह्वान गरेको हो ।

आयोगको कार्यालय धनकुटा, इलाम, खोटाङ, जलेश्वर, काठमाडौं, हेटौँडा, पोखरा, बागलुङ, बुटवल, दाङ, सुर्खेत, जुम्ला, दिपायल तथा महेन्द्रनगरमा आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

योग्यता पुगेका उम्मेदवारहरूले चैत २० गतेसम्म दरखास्त दिन सकिने छ ।

हेर्नुहाेस् सूचना :

प्रकाशित मिति : फाल्गुन ३०, २०८० बुधबार  १२ : ५१ बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।