काठमाडौं- नेपाली कांग्रेसकी सांसद सीता मिजारले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई मार्गप्रशस्त गर्न आग्रह गरेकी छन्।
सहकारी ठगीको मुद्दामा गृहमन्त्रीविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा मुद्दा दायर भएको भन्दै उनले लामिछानेलाई मार्गप्रशस्त गर्न आग्रह गरिन्।
‘निश्पक्ष छानविनका लागि मार्गप्रशस्त गर्ने कि नगर्ने? गृहमन्त्रीज्यूले यसको नैतिक जिम्मेवारी लिने कि नलिने?,’ उनले प्रश्न गरेकी छन्।
कानुनी शासन स्थापना गर्ने मुख्य अभिभारा बोकेको गृह मन्त्रालयको नेतृत्वमाथि नै गम्भीर नैतिक प्रश्न खडा हुँदा समेत मन्त्री बहालवाला रहिरहेको भन्दै उनले यो प्राकृतिक न्यायको सिद्धान्त विपरीत हुने बताइन्। ‘उहाँ सार्वजनिक पदमा बसिरहनु कतिको जायज हो?,’ उनले भनिन्।




















प्रतिक्रिया