Logo

अर्थ

एलजीको नि:शुल्क एसी सर्भिस र एक्स्चेन्ज क्याम्प सुरु



काठमाडाैं । एलजीको नि:शुल्क एसी सर्भिस र एक्स्चेन्ज क्याम्प २०२४ योजना अघि सारेको छ । सबै मौसमका लागि एलजी एसी नाराका साथ अर्न्तरास्ट्रिय ब्राण्ड एलजीले चैत्र १ गते देखि सिमित अवधिको लागि नेपालका सम्पूर्ण एसीका ग्राहकवर्गहरुलाई लक्षित गरी नि:शुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प योजना ल्याएको हो ।

यस योजना अन्तर्गत ग्राहकवर्गहरुले कुनै पनि ब्रान्डको एसीमा नि:शुल्क एसी सर्भिसिङ पाउनुका साथै जुनसुकै अवस्थाको पुरानो एसी साट्न चाहेमा, उक्त पुरानो एसीमा बिगतको भन्दा ५० प्रतिशत सम्मको थप मूल्याङकनका साथ एलजीको उच्च गुणस्तरिय एसीसँग साट्न सक्ने कम्पनीले जनाएको छ ।

ग्राहकबर्गहरुले www.cgelex.com/exchange मा गई आफ्नो पुरानो ए.सी. को मूल्याङकन आँफै पनि गर्न सक्ने कम्पनीले जनाएको छ ।

यो सुविधा र सर्भिस लिनको लागि ग्राहकबर्गहरुले टोल फ्री नं १६६-००-१००-२११ वा ०१-५९७०२११ मा अथवा एलजीको सामाजिक सन्जाल पेज मार्फत आफ्नो विवरण रजिस्टर गराउनु पर्नेछ । रजिस्टर पश्चात एलजीका टेक्नीसियन ग्राहकहरुका घरमै गई यो सुविधा प्रदान गर्नेछन् । यस योजनामा थप सुविधा प्रदान गर्दै कम्पनीले एसीको रिपेयरिङ गर्दा स्पेयर पार्टस् मा ५० प्रतिशत सम्म छुटका साथै नयाँ एलजीको एसी खरिद गर्दा १८ प्रतिशतसम्मको विशेष छुट प्रदान गरिएको छ ।

साथै ग्राहकबर्गहरुले नयाँ एसीमा ४ हजार बराबरको फ्री इन्स्टलेशन पनि पाउनेछन । नयाँ एलजीको ए।सी।हरुमा १० वर्षको इन्भर्टर कम्प्रेसर वारेण्टी रहेको छ ।

 

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार १५:३२   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।