Logo

अर्थ

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ किनबेच ?



काठमाडौं । शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुनको मूल्य ताेलामा ४०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।

शुक्रबार सुनको मूल्य तोलामा १ लाख २५ हजार ४०० रुपैयाँ कायम भएको छ । बिहीबार सुनको मूल्य तोलामा १ लाख २५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन तोलामा १ लाख २४ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।त्यस्तै, चाँदी भनेस्थिर रहेको छ । चाँदीको मूल्य तोलामा १ हजार ५१५ रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार १०:५२   :  बजे

165
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।