Logo

समाचार

निर्वाचन जितिसक्यौँ – अमेरिकी रास्ट्रपति



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार सकिएको निर्वाचन आफुले जितिसकेको दाबी गरेका छन् । बुधबार उनले आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै आफूले निर्वाचन जितिसकेको दाबी गरेका हुन् ।

उनले धेरै मानिसको मताधिकार खोस्ने प्रयास भइरहेको तर आफुले त्यस्तो हुन नदिने बताएका छन् ।

उनले आफुहरुले टेक्सास, ओहायो र फ्लोरिडामा विपक्षीहरुले जित्न नसक्ने पहिला नै चाल पाइसकेकाले उनीहरु यो मुद्दा अदालतमा लैजाने प्रयासमा रहेको आरोप समेत लगाएका छन् ।

उनले नर्थ क्यारोलिनामा आफूले जित हासिल गरिसकेको भन्दै आफ्नो जित घोषणा गर्नुपर्ने माग गरे। उनलेभने, नर्थ क्यारोलियामा हामीले जितिसकेका छौँ । यो एक धोका हो, यो लज्जास्पद छ । हामीले चुनाव जितेका छौँ । हाम्रो लक्ष्य यसलाई लागु गर्नु हो । हामी अमेरिकाको सर्वोच्च अदालतमा जान्छौँ । मतदान सकिएपछि पनि भोट हाल्न दिन सकिँदैन ।’

स्रोत : बीबीसी

प्रकाशित : १९ कार्तिक २०७७, बुधबार