Logo

अर्थ

निफ्राको ६ लाख कित्ता सेयर बिक्रीमा



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले ६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनी बोध प्रसाद त्रिपाठीको नाममा रहेको उक्त सेयर बिक्रीमा राखेको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र बैंकको रजिष्टर्ड कार्यालय, काठमाडौं-१० बानेश्वर आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन् ।

तोकिएको म्यादभित्र कुनै आवेदन नपरेको खण्डमा सम्पूर्ण सेयर कानुनि प्रक्रिया बमोजिम अन्य सर्वसाधारणमा बिक्री गरिने बैंकद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।

 

प्रकाशित मिति : ४ चैत्र २०८०, आईतवार ११:१५   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।