काठमाडौं। साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। नेप्से परिसूचक १०.६२ अंकले घटेर २०७०.२५ को विन्दुमा झरेको छ।
आज दिनभरिमा ३०४ कम्पनीको ८४ लाख ६ हजार ७६ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ३८ करोड ७९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज ८४ कम्पनीको सेयर मूल्य बढेको छ भने १५० कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.५६ प्रतिशतका दरले कमाएका छन् । मानुषि लघुवित्तका लगानीकर्ताले ८.७५ प्रतिशतका दरले कमाएका छन् । स्वाभिमान लघुवित्तका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै विन नेपाल लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७.८३ प्रतिशतका दरले गुमाएका हुन् ।
शिवम सिमेन्टको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको ४१ करोड ६४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
सोनापुर मिनरल्स २३ करोड ७ लाख रुपैयाँ,अपर तामाकोशी १३ करोड ७८ लाख रुपैयाँ,घोराही सिमेन्ट ११ करोड २६ लाख रुपैयाँ,गोर्खाज फाइनान्स १० करोड ५७ लाख रुपैयाँ,हिमालयन रिइन्स्योरेन्स १० करोड १८ लाख रुपैयाँ,सानिमा जीआईसी इन्स्योरेन्स ५ करोड ५६ लाख रुपैयाँ,सन नेपा लाइफ इन्स्योरेन्स ५ करोड ३ लाख रुपैयाँ,कर्णाली डेभलपमेन्ट बैंक ४ करोड ७६ लाख रुपैयाँ,सप्तकोशी डेभलपमेन्ट बैंक ४ करोड ७३ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ ।




















प्रतिक्रिया