Logo

अर्थ

नियमित मर्मत सम्भारका लागि मनकामना केबलकार चैत्र ७ गते बन्द रहने



काठमाडौं । नेपालको पहिलो केबलकार मनकामना केबलकार एक दिन बन्द हुने भएको छ । यहि चैत्र ७ गते बुधबारका दिन केबलकार सेवा बन्द रहने कम्पनीले जनाएको छ ।

नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले उक्त एक दिनका लागि केबलकार सेवा बन्द गर्नुपर्ने भएको हो । केबलकार सेवा बन्द रहे पनि केबलकारको तल्लो स्टेशनमा रहेको रेष्टुरेण्ट भने नियमित सञ्चालनमा रहने छ ।

केबलकारको नियमित सेवा २०८० चैत्र ०८ गते बिहिबार देखि पुनःसञ्चालनमा आउने जनाइएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार १६:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।