Logo

अर्थ

राष्ट्र बैंककी डेपुटी गभर्नर ढुंगानामाथि दुर्व्यवहारको आरोप लागेका थानेश्वर आचार्य बर्खास्त



काठमाडौ । नेपाल राष्ट्र बैंक टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्य पदबाट बर्खास्त भएका छन् ।

केन्द्रीय बैंककी डेपुटी गभर्नर निलम ढुंगानालाई दुर्व्यवहार गरेको आरोप लागेपछि आचार्यलाई बर्खास्त गरिएको हो । आचार्यलाई राष्ट्र बैंक मानव संसाधन विभागले बर्खास्त गरेको सूचना अधिकारी भागवत आचार्यले जानकारी दिए ।

आचार्यले गत पुस पुस २६ गते शुक्रबार साँझ नगरकोट स्थित होटल मिस्टिक माउन्टेनमा स्ट्रेस म्यानेजमेन्टका नाममा भएको कक्टेल पार्टीमा एक्कासी हात समाएर अंकमाल गरेका थिए । उनलाई ढुङ्गानाले कारबाही गर्नुपर्ने माग राखेपछि टक्सार महाशाखा प्रमुखको जिम्मेवारीबाट हटाएर अन्यत्र सरुवा गरिएको थियो ।

उक्त घटनाका सन्दर्भमा आचार्यलाई पटक-पटक स्पष्टीकरण सोधिएको र स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै सेवाबाट हटइएको मानव संशाधन विभागले जनाएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार २१:०४   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।