Logo

प्रमुख समाचार

प्रचण्डले मागे महराको राजीनामा



काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुन तस्करी प्रकरणमा पक्राउ परेका उपाध्यक्ष कृष्णबहादुर महरालाई टेलिफोन गरेर पार्टीको उपाध्यक्ष पदबाट राजीनामा माग गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार विहान बसेको माओवादी पदाधिकारी बैठकमा महरालाई निलम्बन गर्ने नगर्नेबारे छलफल भएकोमा प्रचण्डले बैठक स्थलबाटै महरालाई फोन गरेका थिए। ‘राजीनामा दिनुहुन्छ कि के गर्ने भनेर महरालाई सोध्नुभएको थियो। उताबाट सोचेर भन्छु भन्नुभयो जस्तो छ,’ एक पदाधिकारीले भने।

महराले समय मागेपछि बैठक स्थगित भएको छ। प्रधानमन्त्री प्रश्नउत्तर कार्यक्रमका लागि संसदमा जाने र फर्किएर आएपछि निर्णय गर्ने अर्का एक पदाधिकारीले बताए। महराले राजीनामा दिने, नभए निलम्बन गर्ने माओवादीको तयारी छ।

बैठकपछि माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले छिट्टै अर्को बैठक बसेर निर्णयमा पुग्ने बताए।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलवार १२:४६   :  बजे

165
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।