Logo

अर्थ

महिला नेतृत्व कृषि सम्मेलन चितवनमा हुने



काठमाडौं । प्रथम प्रादेशिक महिला नेतृत्व कृषि सम्मेलन चितवनमा हुने भएको छ । नेपाल उद्योग परिसंघअन्तर्गतको महिला नेतृत्व फोरम (सीएनआइडब्लुएलएफ) को आयोजनामा प्रथम प्रादेशिक महिला नेतृत्व कृषि सम्मेलन २०२४ हुने भएको हो ।

यही चैत १७ र १८ गते सो सम्मेलन हुने भएको छ । नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, भरतपुर महानगरपालिका, चितवन उद्योग संघसँगको सहकार्यमा सम्मेलन आयोजना गर्न लागिएको हो ।

कृषिको रूपान्तरणकारी भविष्य: कृषिमा आधारित व्यवसायमा नवप्रवर्द्धन, दीगोपन र उद्यमशीलता मूल नाराका साथ आयोजना हुन गइरहेको कृषि सम्मेलनको मुख्य उद्देश्य कृषिमा महिला उद्यमशीलताको प्रवर्द्धन गर्नु रहेको छ ।

 

 

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलवार १५:१८   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।