काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजारमा दोहोरो अंकको ओरालो लागेको छ। नेप्से परिसूचक १५.३७ अंकले घटेर २०४८.५७ मा बन्द भएको छ।
आज ३१५ कम्पनीको १ करोड ८५ लाख ५२ हजार ७०५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३१ करोड ३० लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज ४८ कम्पनीको सेयर मूल्य बढेको छ भने १८८ कम्पनीको सेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दररले कमाएका हुन् । सर्वोत्तम सिमेन्टका लगानीकर्ताले ९ .९९ प्रतिशतका दरले कमाएका हुन् । किसन घलुवित्तका लगानीकर्तादे ९.९१ प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै बुद्धभुमी नेपाल हाइड्रोका लगानीकर्ताले गुमाएका हुन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् । माछापुच्छ्रे बैंकको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब २१ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।




















प्रतिक्रिया