काठमाडौं । शुक्रबार सुनको मूल्य घटेकाे छ । आज सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २६ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २५ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले घटेर १५ सय रुपैयाँमा कारोबार भएको छ ।




















प्रतिक्रिया